काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान गरेको छ ।
केन्द्रले काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन दिन आग्रह गरेको हो ।
सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथै लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस ऊर्जा प्रवर्द्धन केन्द्रमा पेश गर्नुपर्नेछ । विद्यार्थीले असार ९ गतेसम्म निवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया