चट्याङ लागेर दुई जनाको मृत्यु

लोकपथ
140
Shares

काठमाडौं । गुल्मी र मकवानपुरमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ ।

गुल्मीको इश्मा गाउँपालिका–५ बजाउने डाँडा बस्ने ४० वर्षीया तारा सार्कीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको हो ।

आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर वेहोस भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमार बस्ने ३७ वर्षीया जमुना मायाँ मोक्तानको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?