बेँसीसहरको पहिलो निर्णय : अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बीमा नि:शुल्क

लोकपथ
105
Shares

लमजुङ । बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बीमा नि:शुल्क गरिदिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्नहरूको उपचार पहुँच सहज बनाउने उद्देश्यले स्वास्थ्य बीमा नि:शुल्क गर्ने निर्णय गरेको हो ।

बैठकले पाँच ‘एम्पिएर’मा २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न घरपरिवारलाई निःशुल्क गराउने, ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने र आवास क्षेत्रका नांङ्गो तारलाई प्लास्टिक कोटेड गराउने निर्णय गरेको छ ।

कार्यपालिकाको पहिलो बैठकले बेँसीसहर नगरपालिकाको बृहत्तर विकासका लागि विशेषज्ञ समूह गठन गर्ने, सतप्रतिशत घरधुरीमा खानेपानी धारा पुर्‍याउने, ६० वर्षमाथिका एकल पुरुष, ‘ग’ वर्गका अपांगता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने र हरेक बैठकमा अघिल्लो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे समीक्षा गर्नेलगायतका निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?