काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वर्तमान संकटलाई टार्न नसक्ने दाबी गरेका छन् ।
बुधबार बजेटबारे संसदमा जारी छलफलमा बोल्दै पाण्डेले बजेटले वर्तमान संकटसँग तालमेल गर्न नसकेको आरोप लगाएका हुन् ।
बजेटबारे टिप्पणी गर्दै उनले भने, ‘संकट एकातिर छ, बजेट अर्कोतिर छ ।’
त्यसैगरी संसदमा बोल्दै वर्तमान गठबन्धन सरकारले आगामी चुनावको लागि मात्र बजेट ल्याइएको टिप्पणी गरेका छन् ।
‘यो बजेटले कि हिजोको चुनाव देख्यो, कि भोलिको चुनाव देख्दैछ ।’ उनले भने ।
त्यसैगरी वर्तमान गठबन्धन चुनावसम्म जान लागेकोप्रति कटाक्ष गर्दै कांग्रेसले अन्य दलहरुलाई त्यहाँबाट बाहिर निकाल्न लागेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया