काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी राइड भव्य रुपमा सम्पन्न

लोकपथ
56
Shares

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भब्यरुपमा सम्पन्न गरेको छ ।

गत जेठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौंको महालक्ष्मीस्थानस्थित टिभिएसको युनिराइड शोरुमबाट सुरु भएर बालकुमारी, तिनकुने एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो । उक्त राइडमा सहभागीहरुबीच एकतामुलक विभिन्न गेमहरु खेलाइएको थियो । उनीहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो ।

राइडमा टिभिएस एनटर्कका ७० जना राइडरहरु का साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग कोउपस्थिति थियो साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकार हरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागीता रहेको जगदम्बा मोटर्सको मार्केटिंग नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिए । टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राविधिक टिमले दिएको थियो । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री लाइ निरन्तरता दिँदै यो राइड आयोजना गरिएको हो ।

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरु वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?