काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहका बीच नवनिर्वाचित उपमेयर डंगोलले मेयर बालेन्द्र साहबाट पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।
मेयर साहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथग्रहण गराएका थिए । त्यसपश्चात मेयर साहले उपमेयर डंगोललाई शपथग्रहण गराएका हुन् ।
आजै सोही समारोहमा प्रमाणपत्र तथा वितरण गरिएको थियो ।
केही बेरमा ३२ वटै वडाका नवनिर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुलाई मेयर साहले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया