काठमाडौं । मुक्तिनाथ विकास बैंक र निर्माण उपकरण ‘बुल मेसिन’को नेपालका लागि आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिदका लागि कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतामा बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम ढकाल र अटोवेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्राहकले बुल मेसिनलाई नै धितो राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् ।
यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो राखेमा इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा पाउन सक्ने बैंकले जनाएको छ । यस्तो कर्जा बैंकको मूल्यांकन र प्रचलित कर्जा नीतिअनुसार उपलब्ध हुनेछ ।
बैंकका अनुसार कर्जा सुविधा न्यूनतम ब्याजदरमा उपलब्ध गराइनेछ । यस सहकार्यबाट निर्माण व्यवसायमा रहेका ग्राहकलाई आवश्यक उपकरण खरिद गर्न सहज हुने बैंकको अपेक्षा छ ।
बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले निर्माण क्षेत्रमा आवश्यक उपकरण खरिदका लागि वित्तीय पहुँच सहज बनाउन सहकार्य गरिएको बताए ।
मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि र एसएमईलगायत विभिन्न क्षेत्रमा कर्जा सुविधा दिँदै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया