सिंहदरबारभित्रै सामान्य प्रशासन मन्त्रालयका उपसचिव आचार्य कुटिए

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका छन् । 

आइतबार दिउँसो सिंहदरबारभित्रै निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यमाथि हातपात गरेका थिए । 

मन्त्रालय स्रोतका अनुसार भण्डारीले सिफारिस अनुरुप एक कर्मचारीको सरुवा नगरिए पछि उनले कुटपिट गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?