काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष पत्रकारहरुका लागि पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले श्रमजिवी पत्रकारहरुलाई दुर्घटना बीमा र लोककल्याकारी विज्ञापन विज्ञापन कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिने बताए ।
यसअघि दिँदै आएको दुई कार्यक्रमलाई अनलाइन मिडियालाई समेत दिने अर्थमन्त्री शर्माले जानकारी दिए ।
उनले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका लागि ८ अर्ब ५९ करोड रुपैयाँ छुट्टयाइएको समेत जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया