जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने

लोकपथ
336
Shares

काठमाडौं । सरकारले उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

‘उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने छ,’ मन्त्री शर्माले भने, ‘उद्योग सञ्चालनको लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?