अपटेड : १० बजे आसपास मुस्ताङको घाँसामा सुनिएको थियो विमान उडेको आवाज

लोकपथ
819
Shares

काठमाडौं । मुस्ताङको प्रहरी चौकी घाँसाका प्रहरी साहायक निरीक्षक मनबहादुर कार्कीका अनुसार बिहान करिब १० बजेको समयतिर आकाशमा उडिरहेको विमानको आवाज सुनिएको थियो ।

विमान घाँसाबाट लेतेतिर गएको उनले जानकारी दिए । बिहानैदेखी मौसम धुम्मिएका कारण विमान भने नखेको र विमानको आवाजमात्रै सुनेको असई कार्कीले लोकपथलाई जानकारी दिए । अहिले सबै प्रहरी टोली लेतेतर्फ हिडेको उनले जानकारी दिए ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि अहिले विमानको खोजीकार्य तीव्र पारिएको छ । आइतबार बिहान ९ः५५ बजेपोखरमबाट १९ जना यात्रु बोकेर जोमसोमका लागि उडेको ९ एनएईटी कल साइन भएको ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

सामाजिक सञ्जालहरुमा विमान मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको भन्ने समाचारहरु बाहिरिए पनि इलाका प्रहरी कार्यालय लेतेका प्रमुख कुमार केसीले आफ्ना आसपासका क्षेत्रमा केही पनि अप्रिय घटनाबारे जानकारी नआएको लोकपथलाई बताए ।

‘चारैतिर हुस्सु नै हुस्सु छ । लेतेमै अप्रिय घटना भएको भन्दै धेरै खबरहरु आएछ तर हाम्रो मातहतको क्षेत्रमा अहिलेसम्म त्यस्तो कुनै जानकारी आएको छैन । आमीले विमानको खोजीकार्य तीव्र बनाएका छौ’, उनले भने ।

विमान मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले जानकारी दिए । विमान सम्पर्कमा नआएपछि खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?