कैलाली । प्रहरीले धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिकबाट करिब ३ सय मिलिग्राम अवैध लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
खैरो हेरोइनजस्तो देखिने पदार्थ र स्पास २ क्याप्सुलसहित सोही उपमहानगरपालिका-३ चटकपुर बस्ने २३ वर्षीय केशव महरासमेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया