काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर र फोटोग्राफरलाई अभियानमा सहभागी गराउने भएको छ ।
बोर्डले नेपालको प्राकृतिक सुन्दरता, हिमाली क्षेत्र, मौलिक संस्कृति तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई विश्वभर चिनाउन इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो ।
यस अभियानमार्फत भिडियो, फोटो तथा अन्य डिजिटल सामग्री बनाएर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिने बोर्डले जनाएको छ ।
नेपालका सुन्दर पर्यटकीय स्थल, हिमाली दृश्य, कला, संस्कृति र परम्परालाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्न सक्ने व्यक्तिहरूलाई अभियानमा सहभागी गराइनेछ ।
इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरण र सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिङ्कसहित आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया