एनपीएल : आज लुम्बिनी–चितवन र विराटनगर–सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दुवै टोली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो । त्यस्तै, चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो। दुवै टोलीले समान २ अंक जोडेका छन् । राम्रो रनरेटका आधारमा लुम्बिनी दोस्रो र चितवन तेस्रो स्थानमा छन् ।

आजको दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ५ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम आज दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ। उसले यसअघि एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा लुम्बिनीसँग हारेको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो ।

यता, विराटनगर भने प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । दुई खेल खेलेको विराटनगरले अहिलेसम्म जित निकाल्न सकेको छैन । उसले पहिलो खेलमा चितवनसँग ८ रनले र दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले हार बेहोरेको थियो ।

आज हुने दुवै खेल त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?