त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी

लोकपथ
490
Shares

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस अध्ययन गर्न विदेशी नागरिकले पाउने छात्रवृत्ति कोटामा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर विक रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा कार्यरत एमबीबीएसरएमएस कन्सल्टेन्ट न्युरोसर्जन डा. दिपक बिसी हुँ भनी उनले चिनाउने गरेको प्रहरीले जनाएको छ ।

विकले छात्रवृतिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक–पटक गरी १७ लाख रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?