काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याउँदै छ ।
आज अपरान्ह ४ बजे बस्ने बैठकमार्फत सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्नेछिन् ।
सरकारले आगामी प्रत्येक वर्षको जेठ १० गते नीति तथा कार्यक्रम ल्याउने गर्दछ भने सोही आधारमा जेठ १५ गते बजेट ल्याउने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया