मुलुकले औद्योगिक क्रान्ति गर्न नसक्दा अर्थतन्त्रमा चुनौती देखियो : अध्यक्ष अग्रवाल

लोकपथ
56
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले मुलुकमा औद्योगिक क्रान्ति गर्न नसक्दा अर्थतन्त्रले चुनौती भोग्नु परेको बताए । उनले विश्वका अन्य देशले तीन वटा क्षेत्रमा क्रान्ति गर्दा समेत नेपालले औद्योगिक क्रान्ति पूरा गर्न नसेकेको बताए ।

अध्यक्ष अग्रवालले पछिल्लो समय मुलुकमा विदेशी मुद्रा सञ्चितिको दबाबमा रहेको बताए । उद्योगी तथा व्यवसायीहरुले उद्योगमा लगानी गर्न खोज्दा समेत पुँजी अभावको समस्या भोग्नु परेको उनको भनाइ छ । अग्रवालले लगानी गर्ने पुँजी समेत नपाउँदा निजि क्षेत्रको मनोबल कमजोर भएको बताए ।

अध्यक्ष अग्रवालले नेपालमा आन्तरिक र बाह्य लगानी प्रवर्द्धनको नीति निर्माताको सोच नियन्त्रणमुखी होइन नभएर खुला र सहजीकरण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले त्यस्तो नीति भएमा देशमा दीगो आर्थिक विकासको आधार तयार गर्ने सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?