काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरु पाउने रकम सार्वजनिक गरेको छ ।
नेपाल टी–ट्वान्टी लिग खेल्ने ‘ए’ ग्रेडका खेलाडीहरूले न्युनतम १५ लाख रुपैयाँ पाउने भएका छन् ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरु पाउने रकम सार्वजनिक गरेको हो । नेपाल टी–ट्वान्टी लिग क्रिकेट असोज ८ गतेबाट कार्तिक ५ गतेसम्म आयोजना हुनेछ ।
यस्तै ६ टोलीको सहभागिता हुने प्रतियोगितामा ‘बी’ ग्रेडका खेलाडीले न्युनतम १० लाख र ‘सी’ ग्रेडका खेलाडीले न्युनतम ५ लाख पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया