जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् ।
आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धर्मबहादुर शाहीलाई १ हजार ९७३ मत अन्तरले पराजित गर्दै रावत निर्वाचित भएका हुन् । रावतले ५ हजार ५९९ मत प्राप्त गरेका थिए ।
उपमेयरमा कांग्रेसकी सुरिता सिंह विजयी भएकी छिन् । सिंहले ५ हजार ४०६ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
नलगाडमा कांग्रेस माओवादी गठबन्धन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया