हत्या गरी फरार रहेका ‘मुण्डा’ तीन वर्षपछि पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । एक व्यक्तिको हत्या गरी फरार रहेका ‘मुण्डा’ भनिने सरोज सुन्दासलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

२०७५ साल मंसिर ८ गते काठमाडौंको गैरिगाउँस्थित पेट्रोल पम्प नजिकै सुन्दासले महेश परियार र मनिष बानियाँसँग मिलेर बिक्की थेवे लिम्बुको हत्या गर्नुका साथै अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएका थिए ।

परियार र बानियाँलाई सोही साँझ काठमाडौंको तारकेश्वर नगरपालिकाबाट नियन्त्रणमा लिएपनि सुन्दास भने फरार रहेका थिए । उनी घटनापछि भारत गएर बसेको र विगत २–३ महिनादेखि काठमाडौंको नैकापमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन्दासलाई बुधबार पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

परियार र बानियाँ जिल्ला अदालत काठमाडौंको फैसलाबाट केन्द्रीय कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् भने २५ वर्षीय सुन्दासको हकमा सो मुल्तबीमा राखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?