आसिफको अर्धसतकमा नेपाल विजयी

लोकपथ
119
Shares

काठमाडौं । नेपालले पाहुना टोली जिम्बावे ‘ए’विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बावेलाई ८ विकेटले पराजित गरेको हो । नेपालका ब्याटर आसिफ शेखले जिम्बाब्बे ‘ए’विरुद्ध अर्धसतक बनाए ।

जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?