जिम्बाब्वे ‘ए’विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

लोकपथ
91
Shares

काठमाडौं । जिम्बाब्वे ए विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन ।
जिम्बाब्वे ए विरुद्ध पहिलो टी-२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो ।

आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चाहान्छ ।

नेपाली टिम :
सन्दीप लामिछाने (कप्तान) , आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?