मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

लोकपथ
203
Shares

पोखरा । म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?