बालविवाह रोकथाममा कीर्तिमानी सगरमाथा आरोही महर्जनको अभियानले मूर्तरुप लिँदै

लोकपथ
49
Shares

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरेकी छिन् ।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् ।

कल्पना ती स्कूल र बस्तीमा पुगेर बालविवाहका विषयमा जानकरी दिएकी हुन् । साथै उनले बालविवाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै बालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् । सगरमाथा आरोहरणका क्रममा २०७६ जेष्ठ ९ गतेका दिन उनले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट बालविवाह रोकथामकाे अभियान सञ्चालन गर्ने उद्धघोष गरेकी थिइन् ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार देशभर दनुवारहरुको संख्या ८४ हजार एक सय १५ रहेका छन् ।

नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।

सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा अर्थात् नेपालकाे दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) र उत्तरी मोहोडा तिब्बततर्फबाट (सन् २०७६ जेष्ठ ९ गते) सगरमाथाकाे सफल आरोहण गरी उनले विश्वकै पहिलो महिला पत्रकारको रूपमा  विश्व कीर्तिमानी राख्न कल्पना सफल बनेकी हुन् ।

ललितपुर महानगरपालिका स्थापना भएको १०० औं दिन तथा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको उपलक्षमा कल्पनाले सर्वोच्च शिखरबाट नगरपालिको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फहर्‍याएकि थिइन् ।

एक्स्पेरियन्स आउटडोर्स नेपालको व्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा ‘शिक्षाको माध्यबाट बालबिवाह रोकथाम अभियान २०१९’ वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उद्घाेष गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?