यूएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी, छिट्टै रिहाइ हुने

लोकपथ
784
Shares

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् ।

सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुदावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । स्रोतका अनुसार यूएईका राजकुमारले गत शुक्रबार पाण्डेको सजाय माफ गरिदिएका थिए ।

यूएइको अदालतले पत्रकार पाण्डेलाई तीन महिना जेल, २० हजार दिराम जरिवाना, नेपाल डिपोर्टलगायतको सजाय सुनाएको थियो । सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुदावीस्थित नेपाली दूतावासका पदाधिकारीको उजुरीमा उनलाई उक्त सजाय सुनाइएको थियो ।

पत्रकार पाण्डेलाई जेल सजाय सुनाइएपछि नेपालमा त्यसको विरोध भएको थियो । त्यसपछि यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईमा रहेका प्राज्ञिक व्यक्तिलाई उनको सजाय माफीका लागि गत बुधबार भेटी अनुरोध गरेका थिए ।

ती प्राज्ञिक व्यक्तिहरुले यूएईका राजकुमार समक्ष कुरा पुर्‍याएका थिए । त्यसपछि राजकुमारले सजाय माफी गरेको दूतावास स्रोतले बताएको छ ।

नेपाल डिपोर्ट नहुने गरी पत्रकार पाण्डेको सजाय माफी गरिएको दूतावास स्रोतले बताएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?