चितवनको इच्छाकामनामा एमालेबाट दलित महिला वडासदस्य निर्विरोध

लोकपथ
497
Shares

काठमाडौं । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुवात गरेको छ । इच्छाकामना गाउँपालिका–१ बाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएसँगै चितवनमा एमालेले विजयी सुरुवात गरेको हो ।

स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बनेका छन् ।

त्यस्तै, गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा कांग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार रहेका छन् । नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुनुले निर्वाचनमा थप हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?