मुगु। डिभिजन वन कार्यालय मुगुमा वनअधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याएको आरोपमा मुगु वनअधिकृत भरत बहादुर बुढा थापासहित ६ जनाविरुद्ध जनही ८ लाख ८७ हजार ६५३ रुपैयाँ बराबर बिगो रकमसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुगुको सोरु गाउँपालिकाको जवालधारस्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलोमत्तोमा हुँदै नभएको कामको झुठ्ठो बिल बनाई विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।उक्त अनुसन्धान गर्दा कार्यभन्दा बढी परिमाण उल्लेख गरी बिल तयार गरेको र फिल्डमा कार्य नगरी ८ लाख ८७ हजार रुपैयाँ रकम मास्ने उद्देश्यले काम गरेको खुलेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरुको उक्त कार्य भ्रष्टाचार ऐन विपरित हुन आएको हुँदा उनीहरुविरुद्ध जनही ८ लाख ८७ हजार ६५३ रुपैयाँ बिगोसमेत असुलउपर गरी कारबाहीको लागि अदालतमा मागदाबी गरिएको छ ।
आज उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया