काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले राजनीतिप्रति असन्तुष्टि जनाएका छन् ।
स्थानीय निर्वाचनमा टिकट वितरणको विषयमा असन्तुष्टि जनाउँदै नेता घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने समेत बताएका छन् ।
नेता घिमिरेले आफूले राजनीतिबाट बिदा लिनेबारेकाे धारणा स्थानीय निर्वाचनपछि सार्वजनिक गर्ने बताए ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ !’
सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ।स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु।स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई बिजयको शुभकामना छ!
— Gururaj Ghimire (@ghimire_gururaj) April 26, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया