सप्तरी । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सप्तरीमा ३२३ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जिल्लमा १८ वटा स्थानीय तहमध्ये नौवटा नगरपालिकाका प्रमुखमा ६४ जनाले विभिन्न दल तथा स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।
यसरी नै उपप्रमुख पदका लागि ४५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले बताए । नौवटा गाउँपालिकाको अध्यक्ष पदका लागि ८६ जनाले मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्ष पदका लागि ५३ जनाले मनोनयन दर्ता गराएका हुन्। वडाध्यक्षका लागि ७२१, महिला सदस्यमा ५५६, दलित महिला सदस्यमा ५४० र सदस्यमा ११३८ जनाले मनोनयन दिएको प्रमुख जोशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया