भन्सार छली ल्याएका विभिन्न चाँदीका गरगहनासहित दुई जना पक्राउ

लोकपथ
49
Shares

सिराहा । लाहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एन्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

भन्सार छली ल्याएका ७ केजी ६ सय ११ ग्रामबराबरको विभिन्न चाँदीका गरगहनासहित आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश विश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार विश्वकर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गरगहनाहरु फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद चाँदीका गरगहनासहित आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?