अपडेट : १ लाख ४१ हजारभन्दा बढीले दर्ता गराए उम्मेदवारी (सूचीसहित)

लोकपथ
126
Shares

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४१ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले दिएको तथ्यांकअनुसार बिहान १०:१५ बजेसम्ममा १ लाख ४१ हजार ४ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसअनुसार नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका प्रमुखमा गरी ३ हजार ३ सय १८, गाउँपालिका प्रमुखमा ३ हजार ३ सय ६ जना रहेका छन् ।

त्यसैगरी उपमेयरमा २ हजार ३६ जना, गाउँपालिका उपप्रमुखमा २ हजार ३ सय ४३ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी ३३ हजार १ सय ११ जनाले वडाध्यक्ष, महिला सदस्यमा २४ हजार २ सय ८३ जना र ५१ हजार ९२ जनाले वडासदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनका लागि समय छुट्टयाइएको थियो । जसमा आज उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ ।

आयोगले सोमबार साँझ ५ बजेसम्मका लागि मनोनयनको मिति तय गरिएको थियो । जसमा साँझ ५ बजेसम्म लाइन बसेकाहरुले त्यसपछि पनि उम्मेदवारी दिन पाउने प्रावधान रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?