तारकेश्वरको प्रमुखमा कांग्रेसबाट अधिकारीको उम्मेदवारी

लोकपथ
1.7k
Shares

नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिकामा गठबन्धनबाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

तारकेश्वरमा गठबन्धनका तर्फबाट गाउँपालिका प्रमुखमा कांग्रेस नेता शिव अधिकारी ‘अविरल’ ले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी गाउँपालिका उपप्रमुखमा माओवादी केन्द्रको तर्फबाट हरिप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका हुन् ।

लामो छलफलपछि गठबन्धनले उम्मेदवार टुंग्याएसँगै अधिकारी र रिमालले उम्मेदवारी दर्ता गराएका हुन् ।

गाउँपालिका प्रमुखका उम्मेदवार अधिकारी राजनीति सँगसँगै समाजसेवामा समेत सक्रिय रहेका छन् । पत्रकारिता हुँदै पर्यटन व्यवसाय तर्फ हानिएका अधिकारी आफूले तारकेश्वरलाई जिल्लाकै नमुना पालिका बनाउनका लागि उम्मेदवार भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?