पन्चकन्यामा कांग्रेसबाट खनाल र केसीले गराए उम्मेदवारी दर्ता

लोकपथ
910
Shares

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष माधव प्रसाद खनालले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, उपाध्यक्षमा सलिना के.सीले मनोनयन दर्ता गराएकी छिन् ।

पालिकामा गठबन्धन दलले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेसँगै कांग्रेसको तर्फबाट अध्यक्ष खनाल केसीले उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षकी उम्मेदवार केसी विद्यार्थी राजनीतिबाट उदाएकी हुन् । नेपाल विद्यार्थी संघमा  लामो समय सक्रिय रहेकी नेतृ हालल शिक्षण पेशामा आवद्ध छिन् ।

२०६६ सालमा नेपाल विद्यार्थी संघ सातबिसेमा एकाई सचिव भएर राजनीति यात्रा सुरु गरेकी उनी ग्रामीण आदर्श क्यापसमा पनि लामो समय नेपाल विद्यार्थी संघमा आवद्ध थिइन् । हाल उनी नुवाकोट क्षेत्र न १ को नेबिसंघ सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?