निर्वाचन आयोगले दिएको समय अनुसार ४७ हजार बढीले गराए उम्मेदवारी दर्ता

लोकपथ
70
Shares

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले दिएको समयसीमा अनुसार ४७ हजार ६ सय १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगले दिएको साँझ ५ बजेसम्मको समयसीमा अनुसार ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

जसअनुसार पालिका प्रमुखको पदमा १ हजार ६ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १ हजार ६ सय ६ जनाले दर्ता गराएको आयोगले जनाएको छ ।

आयोगका अनुसार उपप्रमुख पदमा ९ सय ५२ तथा उपाध्यक्ष पदमा १ सय ४५ जनाले उम्मेदवारी दर्ता गराएका भने वडाध्यक्ष पदमा १२ हजार १५१ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

त्यसैगरी आयोगले दिएको समयसीमा अनुसार देशभरबाट महिला सदस्यमा ७ हजार ५ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भने महिला दलित सदस्य पदमा ६ हजार ६ सय ३७ र सदस्य पदमा १६ हजार ४ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

आयोगले विभिन्न पदबाट उम्मेदवारी दिनेहरुलाई ५ बजेसम्म लाइनमा बस्नेहरुले मनोनयन दर्ता गर्न पाउने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?