काठमाडौं महानगरको मेयरमा केशव स्थापितले दर्ता गरे उम्मेदवारी

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरमा केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार दिउँसो नेता स्थापितले आफ्नो दलबलसहित प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ता गराएका हुन् ।

गत शनिबार बसेको एमाले सचिवालय बैठकले काठमाडौंबाट मेयरमा स्थापितलाई उम्मेदवार बनाएको थियो ।

त्यसैगरी एमालेका तर्फबाट काठमाडौं महानगरमा उपमेयर बनेकी सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छिन् । गत वैशाख २ गते स्वतन्त्रबाट मेयरको उम्मेदवार बन्ने तयारीमा रहेकी डंगोललाई एमालेले उपमेयरको उम्मेदवार बनाएको हो ।

एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापित यसअघि पनि काठमाडौंमा मेयर बनेका छन् । २०५४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयर बनेका स्थापित हाल बागमती प्रदेशको सांसद रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?