मनाङका चारवटै पालिकामा एमालेको सर्वसम्मत उम्मेदवार

लोकपथ
0
Shares

पोखरा । मनाङका चारवटै गाउँपालिकामा एमालेले उम्मेदवार उठाउने भएको छ । यसअघि नार्पाभूमी सर्वसम्मत नेतृत्व चयन भएकोमा यसपालि एमालेले पनि अध्यक्ष उम्मेदवार उठाएको छ । उपाध्यक्षमा भने अझै नाम टुंगिएको छैन ।

अध्यक्षमा ज्याप्ले गुरुङलाई टिकट दिइएको एमाले प्रदेश कमिटी सचिव धनन्जय दवाडीले बताए । दुई गाउँपालिकामा यसअघिकै अध्यक्ष दोहोरिन लागेका छन् ।

चामेको अध्यक्षमा लोकेन्द्र घले र मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घले उम्मेदवार बन्न लागेका हुन् । चामेको उपाध्यक्षमा आशकुमारी गुरुङ र मनाङ ङिस्याङको उपाध्यक्षमा छिरिङ धावा गुरुङ, नासों गाउँपालिकाको अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?