चार हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा

लोकपथ
91
Shares

काठमाडौं । नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान-२०२२’ को टोलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् ।

यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ । सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।

‘बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्’, जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ ।

तस्बिर सौजन्य : नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?