विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्समा नेपालले खाता खोल्यो, अविनाशको ‘लोरी’ प्रतिस्पर्धामा

लोकपथ
35
Shares

काठमाडौं । नेपालले विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्समा पहिलोपटक खाता खोलेको छ । अविनाशविक्रम शाह निर्देशित १४ मिनेट लामो फिल्म ‘लोरी’ सर्ट फिल्म प्रतिस्पर्धामा नेपाल छानिएको हो ।

९ मुलुकका ९ छोटा फिल्म यो विधाको प्रतिस्पर्धामा छानिएको कान्सको आधिकारिक वेबसाइटमा उल्लेख छ । १४० देशका ३५ सयभन्दा बढी फिल्मबाट ‘लोरी’ले स्थान बनाएको हो ।
यसअघि किरण पोखरेलको ‘विङ्स’, फिडेल देवकोटाको फिल्म ‘काङलिङ’ले कान्सको सहविधामा प्रतिस्पर्धा गरेपनि औपचारिक रुपमा छानिएको यो पहिलो अवसर हो ।

नेपालसहित चीन, अमेरिका, फ्रान्स, दक्षिण कोरिया, कोस्टारिका, लिथुआनियाका फिल्म पनि छनोट भएका छन् । ‘लोरी’लाई नेपाल र हङकङले मिलेर निर्माण गरेका हुन् ।
कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्स हुँदैछ ।

निर्देशक मीनबहादुर भामले कान्सको फिल्म बजारबाट फिल्म ‘चिसो वर्ष’ निर्माणका लागि ६६ लाख रुपैयाँ बराबरको ग्रान्ट जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?