नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुग्यो

लोकपथ
28
Shares

नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूत/स्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालसँग दौत्य र कूटनीतिक सम्बन्ध भएका मुुलुकको विस्तारले अन्तर्राष्ट्रियरूपमा नेपालको छवि थप फराकिलो भएको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?