अवैध पैसासहित भारतीय नागरिक पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । प्रहरीले अवैध पैसासहित एक भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

मंगलबार इन्डिगो एयरको उडानमार्फत काठमाडौंबाट भारतको दिल्ली जान लागेका भारतीय नागरिक कन्हैया लाललाई प्रहरीले विभिन्न देशका मुद्रासहित पक्राउ गरेको हो।

अन्तर्राष्ट्रिय उडानतर्फको एक्स-रे मेसिनमा चेक गर्दा उनको झोलाबाट एक लाख ८ हजार ५०० भारू र छ लाख ५४ हजार नेपाली रुपैयाँ लुकाएर भारत लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई घटनाबारे थप अनुसन्धान तथा कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?