खोटाङ । खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।
शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी वहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । प्रधानाध्यापक आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । घटना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रधानाध्यापक आचार्यलाई नियन्त्रणमा लिएको हो ।
शिक्षालयमा अध्ययनरत छात्रालाई पटक-पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यहार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्वविका अध्यक्ष मोहन संग्रामले बताए ।
घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया