मुगु । मुगुमा नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका-३ कि २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलवार उद्धार गरिएको हो ।
उनलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।
अनुसार स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधा सम्पन्न आईसीयु नहुनु र विशेषज्ञ चिकित्सकको अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा मंगलबार भामलाई उपचार गरी सुर्खेत रिफर गरिएको गौतमले जानकारी दिए ।
उनका अनुसार सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएकाले सुर्खेतमा रिफर गरिएको हो । अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया