करेन्ट लागेर दुई जनाको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१० नयाँगाउँस्थित कव नेपाल प्रालिमा काम गर्ने पाँचखाल नगरपालिका–१० बस्ने भारत पश्चिम बङ्गाल घर भएका ३५ वर्षीय प्रदिप मुरमुको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

काम गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवा बस्ने ५६ वर्षीया साबित्री केवटको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । उनको आफ्नै घरको कोठामा स्टेन पंखा सार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?