निर्वाचन आयोगमा राजनीतिक दलका प्रतिनिधि र आयोगका पदाधिकारीबीच चर्काचर्की

लोकपथ
441
Shares

काठमाडौं । निर्वाचन आयोगमा राजनीतिक दल र आयोगका पदाधिकारीबीच तनाबको स्थिती भएको छ ।

मंगलबार दिउँसो आयोगको कार्यालय कान्तिपथमा विवाद हुँदा तनाब स्थिती सिर्जना भएको हो ।

आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि विभिन्न ८९ वटा राजनीतिक दललाई आचारसंहितामा हस्ताक्षर गर्न भनेपछि एकाएक राजनीतिक दलका प्रतिनिधिहरु आक्रोशित बनेका हुन् ।

साना ठूला सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई आचारसंहितामा हस्ताक्षर गर्न आजको लागि बोलाइएको थियो । तर आफूहरुसँग कुनै छलफल नगरिएको भन्दै उनीहरुले होहल्ला गरेका हुन् । त्यसमध्ये ६ वटा राजनीतिक दलहरुसँग मात्रै त्यस विषयमा छलफल गरेको एक राजनीतिक दलको प्रतिनिधिले बताए ।

‘निर्वाचनमा आयोगमा आचारसंहिताको विषयमा हस्ताक्षर गर्न बोलाइयो । तर हामीसँग कुनै पनि छलफल गरिएन । जम्मा ६ वटा दलहरुलाई मात्रै राखेर त्यसबारेमा हस्ताक्षर गर्न लागेपछि हामीले होहल्ला गरेको हो । आयोगले हामीलाई हस्ताक्षर गरेर मात्र जान भनेपछि हामीले त्यसको विरोध गरेका हौँ ।’ ती प्रतिनिधिले भने ।

आफूहरुलाई बोल्न नदिइ एक्कासी हस्ताक्षर गर्न लगाएर साना राजनीतिक दलहरुलाई सिन्डीकेट लगाउन खोजेको उनीहरुको आरोप रहेको छ ।

बैठकमा होहल्ला भएपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्यसबारे स्पष्ट पारेका छन् । आफूहरुले सबै राजनीतिक दलहरुलाई कुनै विभेद नगरी कानुन बमोजिम नै आफूहरुले आचारसंहिता बनाएको त्यसैका आधारमा हस्तक्षर गर्न लगाएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?