अर्घाखाँचीमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने

लोकपथ
98
Shares

अर्घाखाँची । अर्घाखाँचीमा टाइफाइड रोगविरुद्धको खोप अभियान आगामी शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने खोप अभियानका सदस्य सचिव रामप्रसाद गौतमले जानकारी दिए ।

खोप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएको स्थानमा विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् ।

१५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिइएको खोप अभियानका प्रमुख तथा जिल्ला समन्वय प्रमुख पिताम्वर भुसालले जानकारी दिए ।

खोप अभियान अन्तर्गत अर्घाखाँचीमा ४ सय २३ खोप केन्द्र कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?