सीमा समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न देउवाको प्रस्ताव

लोकपथ
259
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई देशबीचको सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमार्फत समाधानका लागि प्रस्ताव गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीको हैदराबादमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो विषयमा छलफल भएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’

शनिबार दिउँसो प्रधानमन्त्री देउवाको भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो । त्यस लगत्तै प्रतिनिधिमण्डलस्तरमा चार सम्झौता र विभिन्न आयोजनाहरुको उद्घाटन समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?