भूकम्पपछि पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको प्रगति अवलोकनसहित उद्घाटन

लोकपथ
63
Shares

काठमाडौं । भारत सरकारको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको प्रगति अवलोकन र उद्घाटन भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार दिउँसो १३२ स्वास्थ्यचौकीको प्रगति अवलोकन र उद्घाटन गरिएको हो ।

त्यसैगरी दुई देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

त्यसैगरी दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन समेत गरिएको छ । त्यसैगरी भारत सरकारको ३ अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?