मोरङ । मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराति सवारीसाधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् ।
गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल नम्बर नखुलेको सवारीसाधनले गएराति १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया