काठमाडौं । तिहारको बिदामा पनि नेपाल आयल निगमका डिपो खुला रहने भएका छन् ।
चाडपर्वका बेला पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदामा पनि निगमका डिपो खुला रहने भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
उनका अनुसार उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहनेछन् ।
चाडपर्वका अवसरमा पेट्रोलियम पदार्थको आपूर्ती र खपत बढी हुने भएकाले निगमको निर्णयले उपभोक्तालाई थप सहज हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया