पत्नीले हुन्छ भनेपछि शाहरुख खानले शेयर गरे यो तस्वीर

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान र गौरी खानको लभ स्टोरी फिल्मजस्तै नाटकीय छ । दुवैले कलेज समयमा डेट गर्न शुरु गरेका थिए र सन् १९९१ मा बिहे गरेका थिए । यी दुई लभ बर्ड्स एकसाथ भने कमै देखिने गर्छन् ।

हालै शाहरुख खानले इन्स्टाग्राममा एक तस्वीर सार्वजनिक गरेका छन् । जसमा उनी गौरी खानसँग देखिएका छन् ।

तस्वीरको क्याप्सनमा खानले लेखेका छन्, ‘वर्षौंपछि पत्नीले मलाई तस्वीर अपलोड गर्ने अनुमति दिइन् ।’

तस्वीरलाई इन्स्टाग्राममा रुचाइएको छ ।

शाहरुख खान अब छिट्टै आफ्नो फिल्म ‘जिरो’ का माध्यमबाट दर्शकमाझ देखिँदैछन् । फिल्मको टिजर केही समय अघि रिलिज भइसकेको छ । फिल्ममा शाहरुख खानसँगै सलमान खान र क्याटरिना कैफ पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?